कोरोना भाइरसबाट संक्रमणबाट झन्डै ४२ हजार जना मुक्त

कोरोना भाइरसबाट संक्रमणबाट झन्डै ४२ हजार जना मुक्त
स्वास्थ्य

काठमाडौं- नेपालमा कोरोना भाइरसबाट ४१ हजार ७०६ जनक मुक्त भएका माछन्। यो कुल संक्रमितको ७१‍.५ प्रतिशत हो।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको छ। सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ।

पछिल्लो २४ घण्टामा १०६२ निको भएका छन् । आज १५३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आजसम्म प्रदेश १ मा तीन हजार ५७५, प्रदेश २ मा ११ हजार ३५७, बागमतीमा अठ हजार ८६४ जना संक्रमणमुक्त भएका छन्।

गण्डकीमा दुई हजार ४११, प्रदेश पाँचमा ६ हजार ७६४, कर्णालीमा दुई हजार ५९० र सुदूरपश्चिममा ६ हजार ६३ जना कोरोनामुक्त भएका छन्।

Post Comment