देशभर १५३९ जना कोरोना भाइरस संक्रमित

देशभर १५३९ जना कोरोना भाइरस संक्रमित
स्वास्थ्य

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको अध्यावधिक विवरणअनुसार काठमाडौंमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यसैगरी बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यस्तै बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएका छन् । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

Post Comment