काठमाण्डाै । युरोपेली देशमा कोरोना भाइरसको जोखिम थप बढ्दै गएको भन्दै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सचेत गराएको छ ।
संगठनका क्षेत्रीय निर्देशक ह्यांस् लुगेले गएको दुई हप्तामा युरोपेली देशमा कोरोनो भाइरसको संक्रमण दोब्बरले बढेको बताउनु भएको छ । उहाँले युरोपेली देशका लागि कठिन घडी आएको बताएका बीबीसीले जनाएको छ । उहाँले दुई हप्तामा युरोपमा कारोना भाइरसका ३ लाख नयाँ सङ्क्रमित भेटिएका बताउनु भएको छ ।
यस्तै, विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड नाघेको छ । यसमध्ये दुई करोड २० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् भने ९ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ ।