काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा र उनको परिवारमा गरिएको कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्ट सबैको नेगेटिभ आएको छ ।
घरमा काम गर्ने एक जना सहयोगीलाई कोरोना पोजिटिभ देखिएपछि देउवा परिवार कन्ट्याक्ट ट्रेसिङमा परेको थियो।
बिहीबार देउवा परिवारको स्वाब संकलन गरी पीसिआर परीक्षण गरिएको थियो ।
आज (शुक्रबार) बिहान सभापति देउवा, देउवा पत्नी कांग्रेस नेतृ डा आर्जु, छोरासहित परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ।