करन साउद , भारत । यतिबेला कोरेना कोभिड १९ छिमेकी मुलुक भारतमा तीब्र छलाङ मारिरहेको छ।कोभिडकै कारण पत्याउन नसकिने घटनाहरु दिनप्रतिदिन सामन्ने आईरहेका छन् । यहि परिस्थिति लाई मध्यनजर गर्दै भारत सरकारले अप्रिल 2021 बाट फेरि सबै राज्यमा लकडाउन लगाएको छ।लाखौ नेपालीहरुका रोजगारी गुमेर स्वदेश फर्किएका छन् भने केही फर्किने तयारीमा छन।स्वदेशमा रोजगारी नहुदा प्रायः भारतमा गएर रोजगारी गर्ने नेपालीहरु मध्य सबैभन्दा बढी सुदुर पश्चिमका ९ वटा जिल्ला बाट रहेका देखिन्छन् ।कोभिड कै कारण सुदुर पश्चिमका एक युवाको ज्यान गएको छ।सुदुर पश्चिम बैतडी दोगडाकेदार ७ स्थायी घर भै हाल भारतको नयाँ दिल्लीमा रोजगारी गर्दै आउनु भएका मनोज भट्टको दिल्ली बाट नेपाल जाने क्रममा बिच बाटो मै मृत्यु भएको हो।केही दिन अगाडि स्वास्थमा खराबी आएपछि कोभिड चेकजाँच गराउदा रिपोर्ट पोजिटिभ आएर होम क्वारेन्टाईनमा बसेका भट्ट हिजो अर्थात २७ अप्रेल २०२१ का दिन स्वास्थमा बढी समस्या देखिएपछि अस्पताल भर्नाको लागि जादा अस्पतालमा अक्सिजनको कमि देखिएकाले दिल्लीमा भर्ना नभएर नेपाल गएर कंचनपुर जिल्लाको महाकाली अस्पतालमा भर्ना हुन्छु भनेर गाडी रिजर्भ गरेर प्रस्ताव गरेका भट्टको बिच बाटोमा निधन भएको हो।उहाँ सुदुर पश्चिमेलि नेपाली समाज भारत दिल्ली राज्य समिती भुतपुर्व कोषाध्यक्ष तथा महाअधिबेशन प्रतिनिधि हुनुहुन्थ्यो ।