यसकारण बारम्बार नबदल्नुस् आफ्नो पासवर्ड

सुचना-प्रबिधी

image

हामीेले सधै सुन्दै आएको कुरा हो की आफ्नो इन्टरनेट अकाउन्टको पासवर्ड सधै बदलिरहनुपर्छ ता की अनलाइन अकाउन्टको पासवर्ड कुनै गलत व्यक्तिले थाहा पाउन नसकोस् । पछिल्ला दशकहरुमा कम्प्युटर तथा इन्टरनेटको दुनियामा निकै चल्तीको धारणा हो यो ।

ठूला ठूला कम्पनीहरुमा पनि यो धारणाले यसरी जरो गाडेको हुन्छ की उनीहरुले आफ्ना अनलाइन अकाउन्टका पासवर्डहरु हरेक महिना, डेढ महिनामा बदलिरहेका हुन्छन् र प्रयोगकर्तालाई पनि आ आफ्ना अकाउन्टका पासवर्ड बदल्न बाध्य पार्दछन् ।

अन्यथा लगइन गर्नै नपाइने व्यवस्था समेत गरिदिन्छन् ।

तर एक रिपोर्ट अनुसार अमेरिकाको टेलिकम नियामक फेडरल टेलिकम कमिसन बारम्बार पासवर्ड बदल्ने कामलाई सुरक्षित मान्दैन । टेलिकम क्षेत्रका दुनियाका नामूद १ सय कम्पनीहरुमध्ये फेडरल टेलिकम सबैभन्दा ठूलो संस्था हो ।

रिपोर्ट अनुसार यदि तपाइँ बारम्बार पासवर्ड बदलिरहनुहुन्छ भने ह्याकरहरुलाई तपाइँको पासवर्डको प्यार्टन पत्तो लाग्नसक्छ । जसका कारण उनीहरुलाई पासवर्ड थाहा पाउन सजिलो हुन्छ ।

फेडरल टेलिकम कमिसनका अधिकारीहरुका अनुसार पूरानो इमेल अकाउन्टमा मानिसहरुले कसरी पासवर्ड बदल्छन् भन्ने कुरा थाहा पाउने कोसिस गरिएको थियो । कतिपय अवस्थामा त मानिसहरुले पासवर्डमा नाममात्रैको परिवर्तन समेत गरेर काम चलाउँछन् ।

अर्थात्  पासवर्ड परिवर्तन गर्ने नाममा लगभग पूरानै जस्तो पासवर्ड राख्दछन् ।

एक अर्को अनुसन्धानबाट के पत्ता लागेको छ भने जो मानिसलाई बारम्बार पासवर्ड बदल्ने आवश्यकता पर्दछ उनीहरु यस्तो पासवर्ड राख्दछन् की जो उनीहरुलाई सम्भिन सजिलो हुन्छ ।

यस्तो सजिलो पासवर्डको अनुमान लगाउन र ह्याक गर्न ह्याकरहरुलाई निकै सजिलो हुन्छ र पासवर्ड राखेको नराखे बराबर हुन्छ । त्यसैले पासवर्ड धेरैपटक बदल्दैमा त्यो सुरक्षित हुन्छ भन्ने छैन ।

झनै खतरनाक र अनुसरक्षित पनि हुनसक्छ ।

पासवर्ड बदलिरहनुको साटो बढि सुरक्षित पासवर्ड चयनमा ध्यान पूराउनु पर्दछ ।