विश्वकै चौथो ठूलो स्मार्टफोन ब्राण्ड ओप्पो नेपाल भित्रिँदै

सुचना-प्रबिधी

काठमाडाैं । विश्वको चौथो ठूलो स्मार्टफोन उत्पादक ओप्पोले नेपालमा आफ्ना उत्पादनहरुको बिक्री सुरु गर्ने भएको छ । पछिल्लो समयमा एशियाली बजारमा एप्पल र सामसुङलाई कडा चुनौती दिइरहेको ओप्पो नेपाली बजारमा पनि प्रवेश गर्न लागेको हो ।सोमबारदेखि ओप्पोका उत्पादनहरु नेपालका मुख्य मोबाइल स्टोरहरुमा उपलब्ध हुने ओप्पो नेपालका ब्राण्ड म्यानेजर माइकलले बताए । नेपालमा तीब्र रुपमा बढिरहेको स्मार्टफोन बजारलाई लक्षित गर्दै ओप्पोले यहाँ बजार विस्तार गरेको उनले बताए ।

51695902

सन् २०१६ को दोस्रो त्रैमासमा आइपुग्दा ओप्पो चीनको दोस्रो ठूलो स्मार्टफोन ब्राण्ड बनिरहेको छ । प्रविधि बिश्लेषकहरुले एप्पल र सामसुङको खास प्रतिस्पर्धी हुवेइ वा शाओमी नभई ओप्पो हुने बताइरहेका छन् । ओप्पोले अघिल्लो बर्षको तुलनामा झण्डै १३६ प्रतिशतको बृद्धि हासिल गर्दै दोस्रो त्रैमासमा दुई करोड २६ लाख सेट स्मार्टफोन बिक्री गर्न सफल भएको इन्टरनेशनल डाटा कर्पोरेसनको जुलाई पहिलो साता प्रकाशित तथ्याङ्कले जनाएको छ ।

oppo-smartphone-1

सन् २०१५ मा उसले ५ करोड थान फोन बिक्री गरेको थियो । गुणस्तर, डिजाइन, मार्केटिङ रणनीति र मूल्यका कारण ओप्पोले छोटो समयमै यस्तो सफलता हात पारेको हो । नेपालभन्दा अगाडि ओप्पोले भारत, इन्डोनेसिया र बंगलादेशजस्ता ठूला एशियाली बजारमा आफ्नो बलियो उपस्थिति जनाइसकेको छ । नेपालमा सुरुको चरणमा बिक्री सुरु हुने स्मार्टफोन र त्यसको मूल्य सोमबार घोषणा गर्ने जनाइएको छ । पछिल्लो समयमा भारतीय बजारमा सार्वजनिक भएका ओप्पोका एफ वान एस, ए ३७ र ए ३३ एफ मोडल सर्वाधिक रुचाइएका छन् ।

oppo-f1-plus-image-800x441-png-pagespeed-ce-7bkgisisvz