अमेरिकाका प्रमुख वेबसाईटहरुमा साइबर आक्रमण

सुचना-प्रबिधी

अक्टोबर २१, कोलोराडो । अमेरिकाको एक प्रमुख सर्भर सन्चालक संस्था Dyn मा आज साइबर आक्रमण भएको छ ।  जस्ले गर्द अमेरिकाका प्रमुख वेबसाईटहरुलाई खोल्दा अवरोध आएको थियो ।

म्यान्चेस्टर, न्यू हैम्पशायर मा रहेको Dyn INC को सर्भर आक्रमणसंगै अमेरिका भर र  युरोपमा पनि लोकप्रिय वेबसाइटहरुमा समस्या आएको थियो। प्रभावित साइटहरूमा ट्विटर, नेटफ्लिक्स, सोनी, रेड्डिट, स्पोटिफाइ, र पेपल थिए।

Dyn ले आक्रमण दशौं लाख इन्टरनेट-जडान वेब क्याम, प्रिन्टर, थर्मोस्टट्सहरुमा नराम्रो सफ्टवेर हालेर सबैलाई एकै चोटी सर्भरमा पठाएर समस्या पारेकाले केहि ठाउँमा सर्भिस अवरोध भएको जनाएको छ । सबै साईटहरु पुन काम गर्न सुरु गरिसकेको भए पनि आफुहरुले अझै अनुसन्धान गरिरहेको जनायो ।

यु.यस. डिपाटमेन्ट अफ होमल्यान्ड एन्ड सेकुरिटी ले यस समस्यालाई नजिकबाट हेरिरहेको वाईट हाउसका स्पोक-पर्सन जोश अर्निस्टले बताय र संगै उनले – यो कस्ले गरेको भन्ने बारेमा अहिले सम्म कुनै सुचना नभएको जानकारी दिए ।

 

 

Post Comment