सगुनको मोवाइल एपको झलक सार्बजनिक

सगुनको मोवाइल एपको झलक सार्बजनिक
सुचना-प्रबिधी

नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्श साइट सगुनले आफ्नो मोवाइल एपको पहिलो डेमो भारतमा रहेको कार्यालयबाट लाइभ गर्दै सार्बजनिक गरेको छ ।

अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेर दोस्रो चरणको लगानी जुटाइ रहेको आइटी स्टार्ट अप कम्पनी सगुनले मोवाइल एपको परिक्षण गरिरहेको छ ।

नेपालीले स्थापना गरेको सोसियल इकमर्स कम्पनी सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप ल्याउन लागेको हो ।

‘हामीले सगुनको मोवाइल एप करिव तयार पारेका छौं ’ कम्पनीका संस्थापक गोविन्द गिरीले भने,’ आन्तरिक रुपमा परीक्षण भइरहेको छ । परीक्षण सफल हुनासाथ सार्बजनिक गर्छौं ।’

एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध हुने एप केही समयपछि आइफोनको एप्पल स्टोरमा समेत उपलब्ध गराउने गरी काम भइरहेको सगुनले जनाएको छ।

डेस्कटप भर्सनमा उपलब्ध नभएका सुविधासमेत एपमा हुनेछन् । मोवाइल एप ल्याएपछि प्रयोगकर्ता बढ्ने अपेक्षा सगुनले गरेको छ ।

सगुनको एपमा सेक्रेट म्यासेज पठाउने, आफ्नो दैनिकी सेयर गर्ने, मुड अनुसार कुरा गर्ने मुड टक, ओपन सेक्रेटलगायतका विशेषता रहेको छ ।

मोवाइल एप सार्बजनिक गरेपछि सगुनले स्मार्ट कार्ड ल्याउने तयारी गरेको छ । ‘

स्मार्ट कार्ड आएपछि भने सगुनको वास्तविक स्वरुप देखिनेछ । व्यवसायिक गतिविधी समेत हुने स्मार्ट गेमचेन्जर नै हुने हाम्रो विश्वास छ,’ सगुनका संस्थापक गोविन्द गिरीले भने ।

सगुनले केही महिनाअघि अमेरिकी बजारमा मिनी आइपीओ निस्कासन गरेको थियो ।

नेपाली दाजुभाइले नै स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय भएको कम्पनीले सेयर निस्कासन गरेकाले विदेशमा बस्ने नेपाली निकै उत्साहित भएर सेयर खरिद गरेका थिए ।

प्रवासमा रहेका हरेक नेपालीले सगुनमा लगानी गर्न पाउनुलाई अबसरका रुपमा लिएर करिव करिव ३५ सय लगानीकर्ताले शेयर खरिद गरेका थिए ।

पहिलो चरणमा अवसर नपाएकाहरुलाई लगानीको अवसर दिन सगुनले दोस्रो चरणमा फेरि लगानी खुल्ला गरेको छ ।

सगुनले अगस्टमा बेलायतमा कार्यक्रम गरि दोस्रो चरणको लगानीको बारेमा जानकारी गराएको थियो ।

पहिलो चरणमा लगानी गर्ने अवसर नपाएका तथा छुटेका विश्वभरका नेपाली तथा अन्य सम्भावित लगानीकर्ताहरुलाई पहिलो चरणकै मूल्यमा दोस्रो चरणमा शेयर विक्री गर्ने योजना रहेको सगुनले जनाएको छ ।

सगुनले संसारभर छरिएर रहेका नेपाली समुदाय तथा एशियाली समुदायलाई लक्षित गरि लगानीको योजना सार्वजनिक गरेको हो ।

सगुनको यो चरणमा लगानी गर्न प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने हुन्छ ।

सगुनले यस चरणमा ८ लाखभन्दा वढी शेयर विक्रि गर्ने योजना बनाएको छ । कम्पनीको शेयर बिक्री सम्बन्धी सूचनाहरु https://www.sagoon.com/invest बाट उपलब्ध हुने सगुनले बताएको छ ।

आफ्ना युजरले समय खर्चिए वापत प्रत्येक युजरलाई रकम दिने सिस्टम सगुनले बनाइरहेको छ । यस्तो सिस्टम अन्य कुनै पनि सामाजिक सञ्जालमा नभएको संस्थापक गिरीको दावी छ।

Post Comment