सगुनले दोस्रो चरणको लगानी अवसर नोभेम्वर ३०स्थगित गर्ने

सगुनले दोस्रो चरणको लगानी अवसर नोभेम्वर ३०स्थगित गर्ने
सुचना-प्रबिधी

सोसल कमर्स सञ्जाल सगुनले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ मा स्थगित गर्ने घोषणा गरेको छ ।

साथै सगुन (sagoon.com) ले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप पनि सार्वजनिक गर्ने भएको छ ।

प्रति शेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ग श्रेणीको सामान्य शेयरका लागि यस चरणमा न्युनतम १ हजार अमेरिकी डलरको शेयर खरिद गर्नुपर्ने हुन्छ ।

यस चरणमा सगुनले लगानी गरिने रकम क्रेडिटरडेविट कार्ड, एसीएच्, बैंक तथा चेकमार्फत् भुक्तानीबाट स्वीकार गरेको छ ।

सगुनले आफ्नै वेबसाइटबाट शेयर जारी गरेको छ जहाँ लगानीको बारेमा आवश्यक पर्ने जानकारी पढ्न तथा डाउनलोड गर्नको लागि उपलब्ध समेत उपलव्ध छ ।

सगुन (sagoon.com/invest) मा संसारभरबाट लगानीकर्ताले लगानी गरेका छन् । तीमध्ये अधिकांश अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत तथा मध्यपूर्वका रहेका छन् ।

यसमा रहेका शेयरधनीहरुमध्ये अधिकांश यसका प्रयोगकर्ता र समर्थक रहेका छन् । थप व्यक्तिहरु दैनिक रुपमा यससँग जोडिने क्रम जारी रहेको छ ।

पहिलो चरणमा ३ हजार भन्दा बढीले लगानी गर्न चाहे पनि फर्म भरेर बैकसम्म पुगेर बैक मार्फत वायर टान्फर गर्नु पर्ने झन्झटका कारण लगानी गर्न छुटेका थिए ।

यस चरणमा क्रेडिटर डेविट कार्ड मार्फत समेत लगानी गर्न सकिने भएपछि कारण लगानी कर्तालाई सहज हुने अनुमान सगुनले गरेको छ ।

पहिलो चरणमा लगानी गर्न छुटेकाहरुले पनि पनि यस चरणमा लगानी गर्न सक्ने बताइएको छ ।

कम्पनीले यसबीचमा आफ्नो पूर्णकालीन कर्मचारी संख्यालाई १२ बाट ४२ पुर्याएको छ र आफ्नो मोबाइल एप बनाउनको लागि १० लाख अमेरिकी डलर खर्च गरेको छ ।

यो एप सबैले एकदमै रुचाउने एप हुने सगुनले विश्वास गरेको छ ।

सगुनले इन्डिएन इन्स्टिच्युट अफ टेक्नोलोजी, दिल्लीसँग ब्याट्री रिचार्ज गर्ने प्रविधि, आर्टिफिसिएल इन्टेलिजेन्स, सेमान्टिक वेब, प्राकृतिक भाषा प्रसोधन क्षमतामा सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने, ‘बिश्वभर रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताका कतिपय समस्याहरुको समाधान गर्न र प्रयोगकर्ताका आवश्यकतालाई ध्यान दिने कम्पनीको रुपमा आफूलाई विकास गर्न लागिपरेका छौ ।’

गिरीले थपे, ‘हाम्रा शेयरधनीहरुको मूल्यलाई दीर्घकालीन रुपमा बढाउन लागिपरेका छौं। यसका लागि अझै केहि समय लिन्छ । गत आठ महिना हाम्रो उत्साहका महिनाहरु भए ।

हामीले भारतमा यस क्षेत्रका एकदमै प्रतिभावान कर्मचारीहरुलाई नियुक्त गरेका छौं । हामीले पृष्ठभूमिमा काम गर्ने प्राविधिक पूर्वाधार तयार गरेका छौं जसले लाखौं प्रयोगकर्ताहरुको वेब ट्राफिक, किनबेच तथा अन्य सेवालाई सहजै धान्न सक्छ ।’

‘हामीले भाडामा लिएको कार्यालयको क्षेत्रफललाई ७ हजार वर्गफिटबाट २७ हजार वर्गफिटमा पुर्याएका छौं’ गिरीले भने ‘यी सबै हासिल गर्नको लागि दीगो तथा निरन्तर लगानीको आवश्यकता पर्दछ ।

हामीले तय गरेको न्युनतम लगानीको रकम हासिल हुने चरणमा पुगेकोले हामीले लगानी उठाउने कामको स्थगनको घोषणा गरेका छौं । कनेक्ट। शेयर। अर्नको हाम्रो दूरदृष्टिलाई साकार पार्नलाई हामीलाई साथ दिन अनुरोध गर्दछौं ।’

सगुनको बारेमा

सगुन सुरुवाती चरणमा रहेको सोसल कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिक सञ्जाल चलाउने प्रयोगकर्ताहरुलाई पैसा कमाउने अवसर प्रदान गर्ने हो ।

‘ सगुन ’ भन्ने शब्दको मूल संस्कृतको ‘ सकुना ’ शब्द हो जसको अर्थ शुभ अवसर तथा राम्रो भाग्य भन्ने हो ।

सगुन सन् २००९ मा सर्च इन्जिनको रुपमा सुरु गरिएको सेवा हो र सन् २०१४ मा सोसल कमर्स प्लेटफर्मको रुपमा पुनर्विकसित गरिएको थियो ।

Post Comment