गणतन्त्र दिवसको अवसरमा विश्वको नम्बर एक सर्च इन्जिन गुगलले आप्नो होमपेजमा कास्कीको कुमारी हिमाल माछापुच्छ«ेको तस्बिर राखेर नेपालको गणतन्त्र दिवस मनाएको छ ।
प्रदेश ४ को अन्नपूर्ण गाउँपालिकामा रहेको कुमारी हिमाल माछापुच्छ्रे ६ हजार ९ सय ९३ मिटर अग्लो छ । गुगुलले देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर आप्नो पेजमा राख्ने गर्दै आएको छ । गत बर्ष गुगलले विश्वकै फरक राष्ट्रिय झण्डा भन्दै नेपालको राष्ट्रिय झण्डा राख्दै नेपालको गणतन्त्र दिवस सेलिब्रेट गरेको थियो ।
नेपालमा गणतन्त्र आएको दश बर्ष भएको छ । पहिलो संविधानसभाले नेपाललाई विधिवत् संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गरेका हो । नेपालबाट गुगुल र्सच गर्ने गुगुलका ग्राहकले आज माछापुच्र्छे हिमाल होमपेजमा देख्नेछन् ।