सरकारले ‘पोर्न साईट’ बन्द गराउन निर्देशन जारी गरेको छ । समाजमा अपराधिक क्रियाकलाप वृद्धि भएपछि त्यस्ता साईटहरु बन्द गराउन निर्देश गरेको हो ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले सबै पोर्न साइटहरु बन्द गर्ने निर्देशन जारी गरेका हुन् । पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएको भन्दै मन्त्रालयले यसको कारण पनि ‘पोर्न साइट’हरुको प्रयोग रहेको जनाएको छ ।
विहीबारमात्र कञ्चनपुरमा एक १० वर्षे बालकले ७ वर्षीया बालिकालाई बलात्कार गरेको समाचार सार्वजनिक भएको भएसँगै मन्त्रालय सम्बेदनशील देखिएको हो ।