अक्टोबर ०२, मोरिसभिल। बिश्व विख्यात मेगासेसे पुरस्कार बिजेता, नेपाल आविष्कार केन्द्रका अध्यक्ष तथा युवा बैज्ञानिक डा महाबिर पुन आगामी अक्टोबर ४ २०१८ का दिन नर्थ क्यारोलाइना राज्यको मोरिसभिल सहरमा सोहि
दिन आयोजना हुन् लागेको अन्तरक्रिया कार्यक्रममा भाग लिन यहा आउदै हुनुहुन्छ।
गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको नर्थक्यारोलाइना च्याप्टर (एनआरएन नर्थ क्यारोलाइना ) र मोरिसभिल सहरको स्थानीय संस्था नेपाली सेन्टर फर नर्थ क्यारोलाइनाले (एनसीएनसी) नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने सम्बन्धमा केन्द्रका अध्यक्ष डा. महाबीर पुन र नर्थ क्यारोलाइना राज्यका गैह्र आवासिय नेपाली तथा नेपालका शुभेच्छुक समुदायहरुका बीच प्रत्यक्ष सम्बाद गराउने उद्धेश्यले “महाबीर संग मन्थन” कार्यक्रम स्थानीय ३०९ एभिएसन पार्कवे, मोरिस्भिल (309 Aviation Parkway, Morrisville, North Carolina) को हिन्दु सोसाइटी अफ नर्थ नर्थक्यारोलाइनाको हलमा आयोजना गर्न लागिएको हो।
डा पुन संगको अन्तर्रकृया कार्यक्रम अधिक सहभागिता र उपलब्धी मुलक बनाउने काममा लागि रहेको कुरा एनआरएन नर्थ क्यारोलाइना च्याप्टरका अध्यक्ष बाबुराम पोख्रेलले बताउनु भयो। एनसीएनसी का बरिष्ठ उपाध्यक्ष रबिन्द्र कार्कीले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनु भयो । मोरिसभिल निवासी नेपाल जनसम्पर्क समीती अमेरिकाका नेता बिनोद भट्टले यस्तो कार्यक्रमले मातृभूमि र प्रवासलाई जोड्ने पुलको काम गर्ने कुरा बताउदै सो कार्यक्रम उपलब्धि पूर्ण हुने बिश्वास व्यक्त गर्नु भयो !
एनआरएन एनसीसी अमेरिका कि मध्य-पश्चिम क्षेत्रीय उपाध्यक्ष तथा नर्थ क्यारोलाइना निवासी राधा पौडेलले नेपाल आविष्कार केन्द्रको स्थापनामा एनआरएन अमेरिकाले सधै सहयोगको हात बढाई रहेकोले नर्थ क्यारोलाइनामा हुन लागेको कार्यक्रममा सहभागी हुन आफु आतुर रहेको जानकारी दिनु भयो ! स्थानीय समाज सेवी शिब भट्टराइले डा महाबिर पुनको यो अभियानका बारेमा आफुले धेरै पहिले देखि सुनेको र यो कार्यक्रममा सहभागी भएर आफ्नो मनमा भएका कौतुहलता मेटाउने कुरा बताउनु भयो।
समग्रमा नेपाल आविष्कार केन्द्रका अध्यक्ष डा महाबिर पुन संगको आसन्न अन्तरक्रिया कार्यक्रमलाइ नर्थ क्यारोलाइना बासीले उत्सुकता पुर्बक प्रतिक्षा गरेका छन।