सरकारले सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दर्ता नभए सामाजिक सञ्जाल बन्द हुने बताए ।
संसदीय मामिला पत्रकार समाजले संसदमा विचाराधीन सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल गर्न आयोजना गरेको अन्तरक्रियामा मन्त्री बाँसकोटाले दर्ता नगरिएको सामाजिक सञ्जालबाट नगरिएका राष्ट्रिय स्वतन्त्रता र सामाजिक सुरक्षालाई चुनौती दिने काम भए कारबाही गरिने स्पष्ट गरे ।
उनले विधेयक सूचना प्रविधिलाई नियन्त्रणका लागि नभई व्यवस्थित गर्न ल्याइएकाले सकारात्मक सहयोग गर्न सबैलाई आग्रह गरे । सूचनाको दुरुपयोग नहोस् भन्नका लागि सामाजिक सञ्जाल दर्ता गर्न लागिएको भन्दै उनले त्यस्तो दर्ता प्रयोगकर्ताले नभई सञ्चालन गर्ने कम्पनीले दर्ता गर्नुपर्ने उल्लेख गरे ।
गुगल, फेसबुक, ट्विटर, ब्लगजस्ता सामाजिक सञ्जालका मुख्यालय रहेका मुलुकमा ती कम्पनीले दर्ता गरेर राज्यलाई कर बुझाएको भन्दै नेपालमा चाहिं कसरी कर नतिरी सञ्चालन हुन सक्छन् भन्ने प्रश्न गरे ।