विश्वभर फेसबुक, इन्स्टाग्राम दुई घण्टा बन्द

विश्वभर फेसबुक, इन्स्टाग्राम  दुई घण्टा बन्द
सुचना-प्रबिधी

सामाजिक सञ्जाल फेसबुकको सर्भर विश्वभर करिव २ घण्टा डाउन भएको छ । यस्तै, इन्स्टाग्राम र ह्वाट्स एपमा पनि समस्या आएको थियो ।

आइतबार अपरान्ह विश्वभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या व्यहोरेका हुन् । तर नेपाली समय अनुसार करिव पौने सात बजेबाट सो समस्या हटेको छ । बेलायतको संचारमाध्यम ‘एक्सप्रेसुले फेसबूक नखुल्नुको प्रमुख कारणमा अफलाइन सर्भर इस्युु’ भनेर समाचार प्रकाशित गरेको छ ।

युरोप, अमेरिका र एसियाका कतिपय देशहरूबाट फेसबुक नचलेको गुनासो आएको थियो । यस्तो गुनासाहरू मान्छेले ट्विटर, इन्स्टाग्राम र अन्य सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन् । फेसबूक मात्र नभएर ‘फेसबूक म्यासेन्जर’ पनि चलेको थिएन ।

यद्यपी फेसबुकले पनि समस्याका बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

Post Comment