श्रीलंकाले केहि सामाजिक सञ्जाल बन्द गरेको छ । श्रीलंकाका सरकारले शन्देश पठाउनको लागि प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुक, ह्वटसप लगाएतका एपसहरु अस्थाइ रुपमा प्रतिबन्ध लगाएको जनाइएको छ ।
केही समय अगाडि श्रीलंकाको इस्टर पर्वमा सिलसिलाबद्ध बम विस्फोटन भएको थियो । क्रिस्चियन समूहले श्रीलंकाको मस्जिद र मुस्लिम समुदाको पसलमा ढुङ्गा प्रहार गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्समा उल्लेख भएको जनाइएको छ ।
फेसबुकमा भएको एक विवादको कारण श्रीलंकामा एक व्यक्तिमाथि कुटपिट समेत भएको थियो । अधिकारीहरुका अनुसार फेसबुकमा विवादस्पद स्टाटस पोस्ट गर्ने ३८ वर्षीय अब्दुल हमीद मोहम्मद हसमरलाई गिरफ्तार भएका थिए।
श्रींलकाका अधिकारीका अनुसार शान्ती बनाउनका लागि सामाजिक सञ्जाल बन्द गरिएको हो ।