फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना

फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना
सुचना-प्रबिधी

अमेरिकाले डेटा गोपनीयता उल्लंघनको अभियोगमा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना गर्ने भएका छन् । संघीय व्यापार आयोगले फेसबुकका ८ करोड ७० लाख प्रयोगकर्ताको डेटा राजनीतिक परमार्शदाता कम्पनी क्याब्रिज एनालाइटिक्सले गैर कानुनी रुपमा प्राप्त गरेको विषयमा अनुसन्धान गरेको छ ।

अमेरिकी सञ्चार मध्यामहरुले आयोगमा सो जरिवाना गर्ने विषयमा मत विभाजित भएको थियो । जरिवानको पक्षमा ३ र विपक्षमा दुई मत परेको बताइएको छ । फेसबुक तथा आयोग दुवैले जरिवानाको विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । आयोगले दशौ लाख प्रयोगकर्ताहरुको डेटामा क्याब्रिज एनालाइटिक्सको पहुँचको विषयमा सन् २०१८ मार्चदेखि अनुसन्धान गर्दै आएको थियो ।

Post Comment