अमेरिकी प्राविधिक कम्पनी सिथोसको आर्टिफिसयल इन्टेलिजेन्स सेवा नेपालमा पनि

अमेरिकी प्राविधिक कम्पनी सिथोसको आर्टिफिसयल इन्टेलिजेन्स सेवा नेपालमा पनि
सुचना-प्रबिधी

काठमाडौंसूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ अमेरिकामा केन्द्रिय कार्यालय भएको सिथोसले भारतमा पनि सेवा प्रदान गर्दै आएको छ  

नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सेवा प्रदान गर्ने गरी नेपाल भित्रिएको शुक्रबार एक कार्यक्रमबिच घोषणा गरिएको हो  

कार्यक्रममा सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टेलिजेन्स नेपालमा ज्यादै आवश्वक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए नेपालको बैंकिङ्ग प्रणालीमा रिस्क मेनेजमेन्ट, ह्याकिङ्ग लगायतका समस्या न्युनीकरणमा सिथोसको एआई प्रणालीले सहयोग पुर्याउने विश्वास जिसीको छ  

कम्पनीले बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स मार्फत ग्राहकलाइ सेवा प्रदान गर्छ त्यसका साथै कर्जाको भ्यालुएसन र कर्जा दिन मिल्ने रकमलाइ समेत गणना गरी छिटो छरीतो र प्रभावकारी सेवा प्रदान गर्छ  

सिथोसले बैकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावीत ठगीलाइ पहिचान तथा नियन्त्रण गर्ने प्रविधिक सेवा प्रदान गर्ने सिथोस नेपालका अध्यक्ष दक्ष पौडेल सुवासले जानकारी दिए

उनले भने, ‘सिथोसले बैंकिङ क्षेत्रमा मात्र नभई आर्टिफिसियल इन्टेलिजेन्सले धेरै क्षेत्रको व्यवसाय व्यवस्थापनलाई सरल र सहज बनाईदिने छ, यसले नेपालको बैंकिङ्ग क्षेत्रको प्राविधिक पक्षलाई पनि झनै मजबुत र अझै सरल बनाउन सहयोग गर्नेछ

पौडेलका अनुसार सिथोसले विकास गर्ने एआई बैंकिङ, बिमा, रियलस्टेट, हस्पीटालिटी लगायत विविध क्षेत्र तथा व्यापार व्यवसायमा प्रयोग गरेर खर्च कम गरी आम्दानी वढाउन सकिन्छ आगामी दिनमा सिथोसले नेपालको सहकारी क्षेत्रमा पनि यो सेवा बिस्तार गर्ने पौडेलले बताए

सिथोसले मार्केट रिसर्चका साथै सेन्टीमेन्ट एनाइसिस, जोखिम व्यवस्थापना, लगानी प्रक्षपण लगायतका सेवाहरु प्रविधिको मद्दत मार्फत प्रदान गर्न सकिने एआइको विकास गरेको छ सिथोसको एआई सेवा लिने तथा दिने दुबैलाइ प्रविधिको प्रयोग मार्फत सहज, सरल र प्रभावकारी क्रियाकलापका लागि मद्दत गर्छ  

यसले औठा छाप, आवाज, तस्वीर, सन्देश, फोन मार्फत सम्बन्धीत व्यक्तिको पहिचान गरी कारोबार गर्नमा सहज गराउने कम्पनीले जनाएको छ सिथोसले कर्मचारीको उत्पादकत्व वढाउनुका साथै संस्थागत खर्चमा कमी ल्याइ सेवा प्रदान गर्न मुख्य भुमीका निर्वाह गर्ने सिथोस नेपालका विज्ञ के एन मिश्राको भनाई छ  

भारतमा पनि सिथोसले विकास गरेको एआइलाई बैंकिङ्ग, बिमा, रियलस्टेट, हस्पीटालिटी लगायत क्षेत्रले प्रयोग गरीरहेको छन भने अमेरिकामा यसको प्रयोग अझै वढी छ  

Post Comment