बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन प्रस्ताव

पर्यटन

eQmk'/sf] ko{6sLo If]q gu/sf]6sf] zflGt 8fF8fdf :yfgLosf] kxndf lgdf{0f ePsf] a'4sf] ljzfn d"tL{ . tl:a/ M /d]z lu/L, eQmk'/ . /f;;

काठमाडौँ, ७ असार । बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गरिएको छ ।

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले शान्ति, विपश्यना र भाइचारका लागि दिएको सन्देशलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र सङ्घमा सो प्रस्ताव लैजान प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सो प्रस्ताव गरिएको हो । हरेक वैशाख पूर्णिमामा सो जयन्ती नेपालमा मनाइन्छ ।

अन्तर्राष्ट्रिय योग दिवसको मूल समारोह समितिको गत साता भएको बैठकमा समितिका संयोजक तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सो प्रस्ताव गर्नुभएको हो । आज सो दिवस मनाउन आयोजित कार्यक्रममा पनि मन्त्री पोखरेलले सोबारे पुनः ध्यानाकर्षण गराउनुभएको छ ।

नेपाली भूभागमा योग र ध्यानको उत्पत्ति भए पनि त्यसलाई विश्वव्यापीकरण गराउन आफूले सो प्रस्ताव गरेको मन्त्री पोखरेलले बताउनुभयो ।