डोटी असोज १५ । होटल ब्यबसायी संघ डोटीको नवनिर्वाचित कार्यसमितिले आज पदभार ग्रहण गरेको छ ।
होटल ब्यबसायी संघ डोटीको कार्यालय दिपालयमा आयोजिक सपथ ग्रहण कार्यक्रमका बिचमा नवनिर्वाचित कार्यसमितिलाई होटल ब्यबसायी महासंघका केन्द्रिय सदस्य तथा निर्वाचन समितिका संयोजक पालजंग शेर्पाले पद तथा गोपनियताको सपथग्रहण गराउदै पदभार ग्रहण गराएका हुन ।
यसअघि असोज १० गते सम्पन्न भएको तेस्रो जिल्ला अधिबेशनबाट दीपक बहादुर खडकाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित भएको थियो । जसमा उपाध्यक्षमा लोक बहादुर खडका र लोकराज जोशी, महासचिबमा राजेन्द्र बिक्रम शाही, सचिवमा गणेश बोहरा, कोषाध्यक्षमा सिद्धराज जोशी र सह–कोषाध्यक्षमा ईन्द्रा देबी साउँदलाई निर्वाचित भएका थिए ।
यस्तै सदस्यहरुमा नन्दन सिँह धामी, लाल बहादुर मन्नी, जगदिश खडका, दिल बहादुर रोकाया, राम बाबु यादब, खेम बहादुर बिठाडी, पुजा रावल र रमेश भण्डारी निर्वाचित भएका थिए । यस्तै लक्ष्मण बिष्टलाई मनोनित गरिएको थियो ।
यस्तै नवनिर्वाचित कार्यसमितिको आज बसेको बैठकले सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा सल्लाहकारहरुमा खेमराज भण्डारी, तेज बहादुर डुम्रेल, मोहन पातली र खेम बहादुर चन्द तथा प्रेस सल्लाहकारमा अरूण बमलाई मनोनित गरिएको छ ।
यसबाहेक कार्यसमितिको बरिष्ठ सदस्यमा लाल बहादुर मन्नीलाई चयन गरिएको र प्रबक्तामा महासचिव राजेन्द्र बिक्रम शाहीलाई जिम्मेबारी दिईएको छ ।
सपथग्रहण पश्चात नवनिर्बाचित कार्यसमितिलाई केन्द्रिय सदस्य शेर्पा, सल्लाहकारहरु भण्डारी र डुम्रेल तथा प्रेस सल्लाहकार बमले बधाई ज्ञापन गर्दै शुभकामना मन्तब्य दिएका थिए ।