एक जोडी अमेरीकनको पोखरामा नेपाली बैधिक सस्कार अनुसार बिबाह सम्पन्न

पर्यटन

अमेरीकाको क्यालिफोर्निया देखि एक जोडी बिबाह गर्न नेपालमा जाने निर्णय गरे पछि रेन्बो चिल्ड्रेन होम नेपाल बालगृहलको संयोजनमा  उनीहरुको बिबाह नेपाली परम्परा अनुसार सम्पन्न भएको छ ।

अमेरिकन नागरिक मार्क ओस्बोर्न जो लगभग १० बर्ष देखि नेपाल आउने जानी गरि रहन्छन र हरेक वर्ष नेपाल आउछन तर यस पटकको नेपाल बसाइ भने उनले अलि फरक बनाउन चाहे । लिसा केल्ली जो मार्कको गर्ल फ्रेन्ड हुन र उनको यो नेपाल भ्रमण तेश्रो पटक हो ।

मार्क र लिसाले नेपालमा बिबाह गर्ने निर्णयलाइ रेन्बो चिल्ड्रेन होमका संचालक गोमा ढकाल, अध्यक्ष राजेन्द्र थापा, नेपाली संस्कृती , परम्परा, रिति रिवाज बारे बिदेशीहरुलाइ जानकारी दिईरहने समाजशात्री खिम लामिछाने, सस्थाका वरिष्ठ सल्हाकार एबम नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्नि कंडेल ज्यु तथा रेन्बो चिल्ड्रेन होम नेपालका कर्मचारी एबम सदस्यहरुले उक्त अमेरिकन जोडिको नेपालमा नेपाली संस्कार अनुसार बिधिपुर्बक बिबाह गर्ने रहर पुरा गरिदिएका छन । 

amrican-couple-weeding-2016-10022

मार्कलाइ नेपाली ढाकाको दौरा सुरवाल अनि ढाकाको टोपी लगाइयो भने लिसालाइ नेपाली बेहुलीले गर्ने सम्पूर्ण सोर्‍ह शृंगार, हातमा मेहन्दी लगाउन देखि चुरापोते, धागो अनि घुम्टो पनि ओढाइयो । ५ वटा केराको थाम लगाएर जग्गेमा हुनु पर्ने चाम्दानी, सजाईएका कलसहरु, ध्वजा पतका, लिपपोत सबै गरिएको थियो ।  कसार र सेलरोटि समेत बनाइएको थियो । 

पन्चे बाजा सहित हिन्दु बैधिक बिधि अनुसार पण्डित ठाकुर प्रसाद पराजुलीले बिहेको कर्मकाण्डी बिधि गर्नु भएको थियो।  दुबोको माला, फुलको माला लगाउने, औठी लगाइदिने, स्वयंबर देखी लगन-गाँठो, सिन्धुर हाल्ने सबै बिधिहरु गरियो । अन्तमा दुलहीको मुख हेरेर टिका लगाई उपहार दिने कार्य सहित बिबाह सम्पन्न गरियो । 

साथै रेन्बो चिल्ड्रेन होम नेपालका बालिकाहरुले बेहुला मार्कको जुत्ता समेत लुकाएर बिवाह रमाइलो बनाइदिएक थिए ।  उक्त बिबाहमा आमा समुह तथा वरपरका छिमेकिलाइ निम्ता गरिएको थियो भने वरपरको होटलमा बस्ने पर्यटकहरु बिबाह हेर्न र फोटो खिच्न आइरहेको देखिन्थ्यो ।  मार्क र लिसाले एक अर्कालाई मन पराएको र लामो समय देखि एक अर्का बीच चलिरहेको प्रेमलाइ नेपालमा आएर बिहेमा परीणत गर्न पाउदा सारै खुशी लागेको कुरा ब्यक्त गरे । 

त्यसैगरी सस्थाका प्रबन्ध निर्देसक श्रीमती गोमा ढकालका अनुसार यस प्रकारको बिबाह ३-४ बर्ष पहिले पनि गराईसकेको र अहिले आफ्नै बालगृहमा गराउन पाउदा खुशी लागेको बताउनु भयो साथै यो बिबाहको उद्देश्य संस्कृती नेपाली र पर्यटकनको बिकास गर्नु  रहेको जानकारी दिनु भयो । सस्थाका वरिष्ठ सल्हाकार अग्नि कंडेलका अनुसार यस प्रकारको बिहेले नेपालमा भएको हाम्रा रिति रिवाज, संस्कृती परम्परा, जन्म-मृत्यु, उपनयन, बिहे आदि बारे बिदेशीहरुलाइ जानकारी दिने र भबिष्यमा बिदेशि पर्यटकहरु नेपाली सस्कार सिक्ने, जान्ने र यस बारे अध्यन गर्न नेपाल आउन सहयोग हुने बताउने भयो । 

उक्त बिहे समापन पछी बेहुला र बेहुलीद्वारा बिहेमा सहभागी सम्पूर्ण निम्तालुहरुलाइ बिहे भोजको आयोजना गरेका थिए । 

amrican-couple-weeding-2016-10002  amrican-couple-weeding-2016-10003

amrican-couple-weeding-2016-10025

amrican-couple-weeding-2016-10006

amrican-couple-weeding-2016-10007

amrican-couple-weeding-2016-10001

amrican-couple-weeding-2016-10008

amrican-couple-weeding-2016-10026

amrican-couple-weeding-2016-10004

amrican-couple-weeding-2016-10009

amrican-couple-weeding-2016-10010

amrican-couple-weeding-2016-10011

amrican-couple-weeding-2016-10012

amrican-couple-weeding-2016-10013

amrican-couple-weeding-2016-10014

amrican-couple-weeding-2016-10015

amrican-couple-weeding-2016-10016

amrican-couple-weeding-2016-10024 amrican-couple-weeding-2016-10023 amrican-couple-weeding-2016-10022 amrican-couple-weeding-2016-10021

amrican-couple-weeding-2016-10017 amrican-couple-weeding-2016-10020 amrican-couple-weeding-2016-10018             amrican-couple-weeding-2016-10005

 

 

Post Comment