शान्ती स्तुपामा १७औ वार्षिक पूजा तथा सम्मान समारोह सम्पन्न (फोटो फिचर)

पर्यटन

पिस पगोडा नामले परीचित पोखरा फेवाताल माथि रहेको बिश्वो शान्ती स्तुपामा एक भब्य समरोहका बिच १७औ वार्षिक पूजा तथा सम्मान कार्यक्रम सम्पन्न गरियो ।

img_0822
img_0827

पिस पगोडा परिसरमा गरिएको १७औ वार्षिक पूजा तथा सम्मान समारोहका मुख्य अतिथी उद्योग मन्त्री नबिन्द्रराज जोशीले उदघाटन गर्नु भएको थियो । धार्मिक उदेस्यबाट बनाइएको भएता पनि शान्ती स्तुपा हाल आएर पर्यटकको एक आकषॅक गन्तब्यको रुपमा बिकास भईरहेको कुरा मुख्य अतिथी उद्योग मन्त्री नबिन्द्रराज जोशीले बताउनु भयो । साथै यस्ता पर्यटकिय मह्त्व बोकेका पर्यटकीय गन्तब्यको मर्मत, सम्भार एबम प्रचार-प्रसार गर्ने कार्य सरकारले पनि गर्नु पर्ने बताउनु भयो ।
img_0828
img_0853
img_0855
यसै क्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु निग्रोले द्वितिय बिश्वयुद्ध पछी जापानी भिक्षुहरुको पहलमा बिश्वका धेरै ठाउँहरुमा शान्ती स्तुपाहरुको निर्माण सुरु गरिएको थियो, यसै अभियान अन्तर्गत पोखराको फेवाताल माथि यो पिस पगोडाको निर्माण गरियको कुरा बताउनु भयो र भन्नु भयो अन्य ठाउको स्तुपा भन्दा यो स्तुपाको धेरै महत्व रही आएको छ । जापानको सहयोगमा बनाइएको भएतापनी यो पिस पगोडाको मर्मत, सम्भार एबम प्रचार-प्रसार गर्ने कार्य नेपाल सरकारले गर्नु पर्ने कुरा ब्यक्त गर्नु भयो । साथै यस्को उचित सम्भार गर्न सके पोखरामा पर्यतकहरुको समेत वृद्घिहुने कुरा बताउनु भयो ।
img_0837
बौद्ध भिक्षुले शान्ति पूजा गरी प्रारम्भ गरेको समारोहमा जापानी भिक्षु मोरीसीताले प्रवचन दिएका थिए । उक्त समारोहमा बोल्दै जापानी भिक्षु मोरीसिताले हिमालको काखमा रहेको यस पिस पगोडा निर्माण हुनु आँफैमा सौभाग्यको कुरा रहेको र यही बाट बिश्वभरी शान्तीको सन्देश फैलाउने कुरा बताउनु भयो ।
img_0856
img_0863
यसै क्रममा गत बर्ष भदौ ८ गते गएको पैरो बाट क्षति हुन पुगेको स्तुपा वरपरको ठाउँलाई उचित सम्भार र बाढी पैरो नियन्त्रण गर्नका लागि बिभिन्न संघ सस्था र ब्यक्तीगत रुपबाट चन्दा तथा सहयोग सकलन गरीएको थियो । उक्त अबसरमा आर्थीक एबम भौतिक रुपले सहयोग गर्नु हुने संघ सस्था र ब्यक्तीहरुलाई उद्योग मन्त्री नबिन्द्रराज जोशीबाट प्रमाण पत्र प्रदान गरी सम्मान गरियो ।
img_0883
img_0886
img_0887
शान्ती स्तुपा पारीयोजनाका कोषाध्यक्ष शकर गुरुङले बाढी पहिरो नियन्त्रणको लागि अझै बढी सहयोगको आवस्यकता भएको जानकारी दिनुको साथै आय-ब्यय प्रस्तुत गर्नु भयो । स्तुपा समितीका अध्यक्ष प्रकाशमान गुभाजुले बाढी पैरो नियन्त्रण कार्य अन्तिम चरणमा पुगेको तर अर्थिक अभाबका करण पुरा हुन नसकेको कुरा बताउनु भयो साथै आगामी दिनमा आर्थीक सहयोग सकलन गरी छिटो भन्दा छिटो उक्त कार्य समयमै सम्पन्न गरिने जानकारी समेत दिनु भयो ।
img_0903
हाल उक्त स्थानमा दैनिक रुपमा ठुलो सङख्या अन्तरिक तथा बाहिरी पर्यटकहरुको भिड लाग्ने गरेको छ । शान्ती स्तुपालाई अबलोकन गर्ने तथा त्यहाबाट फेवाताल र अन्नपूर्ण हिमालको श्रीङ्खला मनोरम द्रिश्य हेर्न समेत पर्यटकहरु पुग्ने गर्दछन ।
img_0910

Post Comment