४ कार्तिक, पोखरा । संस्कृति र परम्पराका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा पोखरामा भाईटिका महोत्सब गर्ने गरिन्छ । विदेशी पर्यटकलाई लक्षित गरी तिहारको अबसरमा प्रत्येक बर्ष आयोजना गरिने महोत्सबको यो एघारौ संस्करण हो ।
संस्कृति र परम्पराका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ पश्चिमाञ्चल होटल संघ पोखराले शनिवार आयोजना गरेको आठौं भाइटिका महोत्सवमा विभिन्न देशका ३५ पर्यटकले सहभागिता जनाएका छन् ।
महोत्सवमा वेलायत, अमेरिका, चीन, फ्रान्स, जर्मनी लगायतका १२ देशका महिला तथा पुरुष पर्यटकले भाग लिएका थिए । पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरको प्रागंणमा कार्यक्रम आयोजना गरिएको थियो । रेन्वो चिल्ड्रन होम नेपालका बालिकाहरुले महोत्सवका सहभागी विदेशी पर्यटकलाई भाइटिका लगाइदिएका थिए । हिन्दू परम्परा आउनुसार बिधीपुर्ब बिदेशीहरुलाई सप्तरङी टिका लगाइएको थियो ।
जर्मनीबाट आएका पर्यटक विल्याण्ड सनरले भाइटिका महोत्सवमा टिका ग्रहण गर्न पाउँदा आफूलाई नौलो अनुभुति भएको प्रतिक्रिया दिए । रंगीविरंगी टिका, मानिसहरुको सौहार्दपूर्ण व्यवहार र देउसी भैलो खेल्ने परम्पराबाट म साँच्चै नै प्रभावित भएँ, उनले आफ्नो अनुभव सुनाए । टिका लगाउने बेला तोरीको तेलमा डोवेको दुवो टाउकोमा घुमाएको, कलसमा पानी लिएर सहभागीलाई गोलाकार घेराले छेकेको अनि सयपत्री माला पहिरिएको अनुभव आफूले भुल्न नसक्ने उनले बताए । यस्तो प्रकारको कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै उनले आफू पहिलो पटक नेपाल आउँदा यसरी टिका लाउन पाउनु जीवनकै नौलो अनुभव रहेको सुनाए ।
आपसी भाइचार बढाउन समेत सघाउने यसप्रकारको महोत्सवलाई आगामी वर्षहरुमा पनि संघले निरन्तरता दिने आयोजकको तर्फबाट सयोजक केशब राज पहारीले उनले बताए । महोत्सवमा पर्यटकलाई नाचगान तथा देउसीभैलो देखाउने काम रेन्बो चिल्ड्रेन होम नेपालका बालबालिकाहरुले गरेका थिय । बिदेशीहरु निकै उत्साहका साथ सहभागी भएको महोत्सवमा बालबालिकाहरु सँगै आँफै पनि नाचगानमा सहभागी भएका थिय । नेपाली खाना सेलरोटी र अचार समेत पर्यटकलाई पस्किएर रमाइलो कार्यक्रम गरिएको थिय ।
कतिपय पर्यटकहरु दोहो¥याएर समेत भाइटिका लगाउन पोखरा आउने गरेको संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले बताए । विदेशीहरुलाई टिका लगाइदिएपछि नेपाली परम्परा अनुसार उपहारहरु विदेशी दाजूभाइ तथा दिदी बहिनीलाई प्रदान गरिएको थियो ।
संघले आयोजना गरेको यस्तो कार्यक्रमले देश विदेशमा नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने मात्र नभई नेपाली संस्कृतिको सम्वद्र्धनमा समेत टेवा पुग्ने विश्वास संघले गरेको छ ।