होमस्टे सञ्चालकलाई पर्यटन व्यवस्थापन तालिम प्रदान

होमस्टे सञ्चालकलाई पर्यटन व्यवस्थापन तालिम प्रदान
पर्यटन

मनोरम तथा ऐतिहासिक स्थल राईनासकोटका होमस्टेका सञ्चालहरुलाई होमस्टे पर्यटन व्यवस्थापन तालिम प्रदान गरिएको छ । लम्जुङको राईनास नगरपालिका स्थत प्रसिद्ध पर्यटकीय ःथल राईनासकोटमा रहेको राईनास होमःटेका सञ्चालकहरुलाई गाऊ पर्यटन प्रबद्धन मञ्च, नेपालको आयोजना र पर्यटन बोर्ड पोखराको सहकार्यमा २ दिने तालिम प्रदान गरिएको हो ।

भुकम्पले क्षेतिग्रःत बनेको राईनासकोट वस्ती पुननिर्माण गरिए सँगै होमस्टेको रुपमा विकास भएको छ । भूकम्पपछि राईनासकोटमा सबिधासम्पन्न होमस्टे सञ्चालनका लागि आबस्यक पर्ने १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माण गरिएको छ । भौतिक संरचना संगै होमस्टेमा पाहुनाहरुको बृद्धि हुन थालेपछि पाहुनाको ब्यबस्थापन, मनोबिज्ञान, होमःस्टेमा आबस्यक पर्ने मौलिकता, संस्कार,संस्कृति लगाएतका बिषयमा तालिम लिईएको गाँऊ पर्यटन प्रबद्धन मञ्च, प्रदेश नं ४ का सःथापक अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

तालिम समापन समारोहको अवसरमा प्रदेश नं. ४ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले होमस्टे गाँउ पर्यटनको अभिन्न अगं भएको बताउदै प्रदेश सरकारले ३० करोड रकम होमःटे पर्यटन पूर्वाधार विकासको लागी छुट्टाएको जानकारी दिए । २०२२ मा २५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सम्म पुग्न होमस्टेको भुमिका महत्वपुर्ण उनले बताए । गुरुङ जातीको बस्ती रहेको राईनासकोटमा उनीहरुको कला, संस्कृतिलाई जोगाउन संग्राहलयको व्यवःथापन गर्दै गाँउमै उत्पादिन खाद्य वःतुहरु होमःटेमा आउने पर्यटकहरु लाई खुवाउन सकेमा मात्र यस ठाँउ पर्यटकको पहिलो गन्तव्य स्थल बन्न सक्ने धारणा राखे । होमस्टेमा आउने पर्यटकहरुको तथ्याङ राख्न मन्त्री लम्सालको सुझाव थीयो । गण्डकी प्रदेशको विकास र समृद्धीको लागी ग्रामिण पर्यटन पूर्वाधार लाई आफुले जोड दिएको उनले बताए ।

नेकपाका केन्द्रिय सदःय एवम् प्रदेश सभा सदस्य मायानाथ अधिकारीले राईनासको दिगो बिकासका लागि आफुले जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताउदै राईनासकोट क्षेत्र विकासको लागी आफु निरन्तर लाग्ने प्रतिबद्दता जनाइन् । अर्का प्रदेश सभा सदःय धन्ञजय दवाडीले गाँउको बिशेषता पहिचान गरेर होमस्टे सञ्चालन गर्नुपर्ने भन्दै अर्गा्निक खाना,बिभिन्न संस्कृति लाई जोड दिएर होमस्टे सञ्चालन गर्नुपर्ने बताए । यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकले राईनासकोट भरिभराउन हुने र यस ठाँउको उन्नती र प्रगति हुने उनको भनाई थीयो ।

प्रदेश सभा सदःय मधु अधिकारीले गाँउ पर्यटन लाई पहिलो प्रथामिकतामा राखेर सरकारले नयाँ कार्ययोजान बनाउनुपर्नेमा जोड दिदै रोजगारी सिर्जना गर्ने गरी होमःटे सञ्चालन गर्नुपर्ने बताए । गाँऊ पर्यटन प्रबद्र्धन मञ्चका संस्थापक अध्यक्ष एवम् पर्यटनविद्ध प्रेम शर्माले विगतको शैली परिर्वतन गर्दै होमस्टे सञ्चालन गर्नुपर्ने बताए । उनले पर्यटन निजी क्षेत्रले चलाउनुपर्ने र सरकारले पूर्वाधारको व्यवःथा गर्नुपर्नेमा जोड दिए । राईनासकोटमा रहेका केही पुराना घरलाई पौराणीक महत्व झल्काउन पहिलैकै ःवरुपलाई सुरक्षितसँग राखिएको छ । पुनःनिर्माण र वातावरणमैत्री अवधारणा पनि सँगसँगै शुरु भएको छ । अवधारणाअनुसार गोबर ग्यास, धुवाँरहित चुलोे, फोहोरमैला र पानीको व्यवस्थापनका लागि काम भइरहेको छ । त्यसैगरी राईनासकोट प्रवद्र्धनका लागि एग्रोटुरिजम अवधारणा पनि सँगसँगै बढाइएको छ ।

Post Comment