परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई आव्हान गरेका छन् ।
अमेरिकी संस्था सुखी न्यूयोर्क र नेपाल अमेरिकी फाउन्डेसन साथै न्युयोर्कस्थित महवाणिज्यदूतावासले आयोजना गरेको नेपालको झण्डोतोलन कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री ज्ञवालीले भ्रमण वर्ष सफल बनाउन सबैजना एकजुट हुन आवश्यक रहेको औंल्याएका हुन् ।
सरकारले दुई वर्षभित्र २० लाख पर्यटक ल्याउन ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरेको जानकारी गराउँदा यो सबैको पहलमामात्र सम्भवहुने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिने सिलसिलामा मन्त्री ज्ञवाली अहिले न्युयोर्कमा छन् ।