गत वर्ष अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्या हालसम्मकै धेरै

गत वर्ष अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्या हालसम्मकै धेरै
पर्यटन

सन् २०१८ मा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्याले नयाँ कीर्तिमान कायम गरेको छ ।

सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले पर्यटक आगमन बढेको तथ्यांकले देखाएको छ । सन् २०१८ मा २९ हजार ४ सय ८० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ । यो संख्या पर्यटकको तथ्यांक राख्न थालिएको २२ वर्षको अवधिमा सबैभन्दा धेरै हो ।

सन् २०१७ मा २७ हजार ६८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका थिए । एक्याप मनाङका अनुसार सन् २०१६ मा २२ हजार १ सय ८ र सन् २०१५ मा १३ हजार ६ सय १५ पर्यटक आएका थिए ।

सन् २०१६ मा भन्दा २०१७ मा २२ दशमलव ४७ प्रतिशतले पर्यटक वृद्धि भएको थियो ।

भारतीय नाकाबन्दी र भूकम्पका कारण सन् २०१५ मा भने सन् २०१४ को तुलनामा ३४ प्रतिशत पर्यटक आगमन घटेको थियो । सशस्त्र द्वन्द्वका समय ३० प्रतिशतसम्म पर्यटक आगमन घटेको थियो ।

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

Post Comment