भूटानी ढुक-ढुकी ३३ औं श्रृंखला सार्वजनिक

भिडियो

अमेरिकाको क्यान्सस  राज्यमा पुर्नबासित नेपाली भाषी भूटानी युवाहरूद्वारा प्रथम चोटी आयोजित “Kansas 1st Bhutanese Interstate soccer tournament 2016” गत सेप्टेम्बर १७-१८  सम्पन्न भएको प्रतियोगितालाई भूटानी ढुक-ढुकी को ३३ औं श्रृंखला समाबेश गरिएको छ ।

अमेरिकाको बिभिन्न राज्यबाट, जम्मा १६ वटा टिमले भाग लिएको सो प्रतियोगिता सभ्य,भव्य र अनुशासितरूपमा खेल सम्पन्न भएको थियो । आयोजकको तर्फबाट प्रबिण पक्वालले सम्पूर्णलाई धन्यबाद ब्यक्त गर्नु भयो । प्रमुख रेफ्री जितु बस्नेतले पनि सबै खेलाडीहरूले अनुशासन पालन गरी खेल खेलेकोमा सबै खेलाडीलाई धन्यबाद दिदै प्रतियोगिता शान्त वातावरणमा सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नु भो।

महिला खेलाडी तर्फ नेब्रास्कालाई शुन्य को बिरोध १ गोलले हराउदै क्यान्ससले उपाधि उचालेको थियो भने पुरूष तर्फ टेक्सासलाई १ को बिरोध ४ गोल गर्दै मिनेसोटाले उपाधि उचाल्न सफल भएको थियो।

 

Post Comment