गायक लम्सालको “सम्भावना भए गाँउमै” को भिडियो सार्वजनिक

भिडियो

अमेरिकाको कोलोराडो शहर बस्ने नेपाली गायक तथा संगीतकार बसन्त लम्सालको राष्ट्रिय भावनाले भरिएको नयाँ आधुनिक गीत “सम्भावना भए गाँउमै” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ओपल इन्टेरटेन्मेन्टको प्रस्तुती रहेको उक्त गीत आमा, देश र परिबेस भन्ने एल्बमको हो । छोटो समयमा नै लोकप्रिय बन्न सफल यस गीतको एल्बममा रहेका अरु गीतहरु पनि उत्तिकै उत्कृष्ट छन ।

गायक तथा संगीतकार लम्सालको यस एल्बममा रहेका गीतहरु पनि पहिलेका गीतहरु जस्तै मनछुने र सान्दर्भिक हुने आशा छ । साथै यस गीतमा रहेको भावनालाई नेपालका राजनैतिक पार्टीका नेताहरुले मनन गरिदिए नेपालवाट बिदेशिने युवाहरुमा कमी आँउथ्यो कि भन्ने कुरामा गायक आशावादी छ्न ।

Post Comment