“प्रयास” गीति एल्वमको प्रोमो सार्बजनिक

भिडियो

नेपाली भाषी भूटानी युवा गीतकार राकेश काफ्लेका एकल शब्द/रचनाहरू अनि नव उदायमान गायक रमेश कडेलको एकल आवाजमा विभिन्न भावमा संगृहित “प्रयास” गीति एल्वमको प्रोमो सार्बजनिक भएको छ।

१४ जनवरी, २०१७ मा बिमोचन हुने यस एल्वममा एक गजल र पाँच समसामयिक आधुनिक गीतहरू रहेको गीतकार राकेश काफ्लेले जानकारी गराउनु भयो।यस एल्वमलाई सिडीएम मुजिक कंपनीले बजारमा ल्याउन लागेको हो।

“यो सहर मैले छाडेपछि..”, “न्यूयोर्क सहरमा” र “तिम्रो लजाउने स्टाइल बेग्लै” नामक गीतहरूमा संगीत साधना संगीतकार/गायक सी.डी बिजय अधिकारीले भरेका छन् भने संगीत संयोजन क्रमश किरण कडेल, उदयराज पौडेल र राजू कार्कीले गरेका छन्।

“मुटु फोरी जानेलाई” गीतमा संगीतकार राजु कार्कीले संगीत भरेका छन् भने संगीत संयोजन बिष्णु अधिकारी गरेका छन्। त्यस्तै “डिम्पल गालैमा” बोलको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन् र “हर्रा बोटे साईली” बोलको गीतमा संगीतकार रमन गायकले संगीत भरेका छन् भने संगीत संयोजन महाराज थापाले गरेका छन् – गीतकार राकेश काफ्लेले बताउनु भयो ।

Post Comment