‘धुर्मुस सुन्तली फाउण्डेशन नेपाल’ चर्चित हाँस्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस्र) र कुञ्जना घिमिरे (सुन्तली)ले नेपालमा २०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्पपछि भुकम्प पीडितहरुका लागि आवास पुनः निर्माण र सामाजिक कार्य गर्ने उदेश्यले खोलिएको हो ।
भुकम्प गएको बेला अमेरिका पुगेका धुर्मुस सुन्तली नेपाल फर्किए लगत्तै पिडिहरुका लागि राहत बितरणमा जुटेका थिए । भुकम्प पीडितहरुका लागि त्यतिबेला राहतको मात्र नभएर एउटा व्यवस्थित आवासको आवश्यकता थियो । जसअनुसार उनीहरुले काभ्रेको पहरी बस्तीमा एकिकृत नमुना पहरी बस्ती निर्माण गर्ने योजना बनाए ।
देश तथा विदेशमा रहेका नेपालीहरुको आर्थिक सहयोगले बस्ती निर्माणको काम पनि सम्पन्न गरे । जुन बस्ती धुर्मुस सुन्तलीले आफ्नै पहलमा बनाएका हुन् ।
देश निर्माण र पुनः निर्माणका लागि एकिकृत बस्तीकै अवधारणा अनुसार अगाडि बढे छिट्टै देश विकाश हुने हुनाले धुर्मुस सुन्तलीले छिटो पुन निर्माणको प्रकृया स्वरुप एकिकृत बस्ती विकाशको सुरुवात गरे । अहिले वीर अस्पतालको सफाईमा लागेका धुर्मुस बिमारी परेका छन् । उनी वीर अस्पताल सफा गर्दागर्दै थलिएका छन् । अहिले वीर अस्पतालको सफाई कार्य सकिने अवस्थामा रहेको बताएका छन्, तर अस्पतालमा धेरै वटा कोठहरु भएकाले यती प्रतिशत बाँकी छ भन्न सकिने अवस्थामा नभएको धुर्मुशको भनाई छ ।
आफुले समग्रमा नेपाल आमाको लागि काम गरेको बताएका छन् भने असम्भव भन्ने कुरा केही पनि नभएको उनको भनाई छ । आफ्नो भगवान भनेको सम्पुर्ण फ्यानहरु भएको बताउँदै उनले भने, ‘म लामो समयदेखि ग्याँष्ट्रिकको बिरामी हुँ । वीर अस्पतालको सरसफाईको काम गर्दै गर्दा म बिरामी हुन पुगेको छु ।’ यसका साथै ग्याँष्ट्रिकबाट ग्रसित उनले वीर अस्पतालमा सरसफाईको काम गर्दै गर्दा इन्डोस्कोपी गरेकोसमेत बताएका छन् । डाक्टरहरुले धेरै नबोल्न सल्लाह दिएको उनी बताउँछन् ।
[youtube https://www.youtube.com/watch?v=vUWRpE-c5jo]