चार नम्बर प्रदेशको प्रदेशसभा बैठकमा मार्सल प्रयोग गरिएको छ ।
प्रदेशको नाम पहिला टुंगो लगाएर मात्र अरु विषयमा छलफल अघि बढाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार २ पल्टसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । तर तेश्रो पल्ट भने मार्सल नै लगाएर बैठक सञ्चालन गरियो । त्यस क्रममा कांग्रेसका सांसद र मर्यादापालकबीच धकेलाधकेल समेत भयो ।
कांग्रेसका सांसदले प्रदेशसभामा नियतवश टेबुल भइसकेको नामाङ्कन तथा राजधानी विषयक प्रस्तावमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजी गरेका थिए । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएको थियो ।
[youtube https://www.youtube.com/watch?v=lydlhBalNAE]