मलाई फसाउन पैसा र पावरको ठूलो चलखेल भयो : पत्रकार अर्जुन गिरी (हेर्नुस् भिडियो )

मलाई फसाउन पैसा र पावरको ठूलो चलखेल भयो : पत्रकार अर्जुन गिरी (हेर्नुस् भिडियो )
भिडियो समाज

ठगीको विषयमा समाचार लेखेकै कारण पक्राउ परेका पत्रकार अर्जुन गिरीले आफुलाई फसाउन योजनाबद्ध तरिकाले पैसा र पावरको प्रयोग गरिएको खुलासा गरेका छन् ।

काठमाण्डौं जिल्ला अदालतले साधारण तारेखमा हिजो रिहा गरेपछि आज पोखरा आइपुगेका पत्रकार गिरीले प्रेस काउन्सीलको त्रुटिका देखाएर आफुलाई फसाउने षडयन्त्रलाई तोड्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

गिरीले गत चैत २२ गते शुक्रबार ठग बिपेन्द्रराज बतास शिर्षकमा ताण्डब न्युजमा समाचार लेखेका थिए ।
त्यही समाचार लेखेको भन्दै बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए । त्यही मुद्दाका आधारमा सम्पादक गिरीलाई २ वैशाखमा पक्राउ गरिएको थियो ।

(हेर्नुस् भिडियो )

Post Comment