छोटो चलचित्र ‘बेरोजगारी पिडा’ युट्युबमा

छोटो चलचित्र ‘बेरोजगारी पिडा’ युट्युबमा
भिडियो

काठमाडौ। हालको परिस्थितिलाई मध्यनजर गर्दै समाजमा परेको बेरोजगारी प्रतिको असरलाइ समेट्ने गरि हालै गान्धिभ प्रोडक्सन र एल.एण्ड.एन.मोडल एजेन्सीले आफ्नो तेश्रो छोटो चलचित्र “बेरोजगारी पिडा” रिलिज गरेको छ।

कथाका लेखक तथा निर्देशक रोमियो एन के (नितिन) ले भन्छन” हामी सम्पूर्ण काम र कामदारलाई सम्मान गर्नुपर्दछ” भन्ने मुल नाराका साथ उक्त चलचित्र बनाइएको हो ।

उक्त चलचित्रका मुख्य पात्रका रुपमा कलाकार तथा समाजसेबी गान्धिभ सुवेदी का साथै मनिषा लकान्द्री,नुर भण्डारि,निशा कार्की,रेणु थापा ,बाल कलाकार को रुपमा लक्क्ष कर्ण रहेका छन भने रोमियो एन.के ( नितिन)आफू स्व्यंले पनि अभिनय गरेका छन ।

चलचित्रको छायांकन/सम्पादन दिपक अधिकारीले गरेका छन भने श्रींगार पक्ष एलिजा महर्जनको रहेको छ । लकडाउन खुकुलो भएसंगै उक्त चलचित्र सामाजिक दुरि कायम गर्दै ग्वार्को इमाडोल स्थित आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट साथै आसपासका क्षेत्रमा छायांकन गरिएको छ।

Post Comment