सिडी विजय अधिकारीको दशैँ कोशेली ‘सम्झेर सानु’ सार्वजनिक

सिडी विजय अधिकारीको दशैँ कोशेली ‘सम्झेर सानु’ सार्वजनिक
भिडियो

गायक सिडी विजय अधिकारीको सुमधुर स्वरमा रहेको मार्मिक गीत ‘सम्झेर सानु’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

अमेरिकामा रहेर गीत रचना र संगीत सिर्जनामा सक्रिय रहनुभएका दिल खड्काको यस गीतमा शब्द संगीत रहेको छ। गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

सेण्टिमेण्टल भर्सनको यस गीतमा सुखी जीवन बिताउने सपना देखेर बिदेशिएका परदेशीहरुको भावना सुन्न सकिन्छ। धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ति प्रिय मान्छेहरु प्रति यो गीत समर्पित छ।

म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन र राज खड्काको निर्देशन गरेका हुन्।

Post Comment