पेरिस (फ्रान्स), २९ जेठ । युरोकपको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ गोल गर्दै आफ्नो विजयी सुरुवात गरेको छ ।
खेलको सुरुवातीमा घरेलु दर्शकलाई खासै उत्साहित बनाउन नसकेको फ्रान्सले ५७ औँ मिनेटमा २९ वर्षीय डिमित्री पेयटले दिएको क्रस बललाई ओलिभर जिराउडले कुनै गल्ती नगरी गोलमा परिणत गरेपछि आयोजक राष्ट्र फ्रान्सका दर्शकले स्टेडियम नै थर्कने गरी खुसीयाली मनाएर खेलाडीलाई थप आत्मबल दिलाएका थिए । तर खेलको ६५औँ मिनेटमा रोमानियाका खेलाडी निकोल स्टान्सुलाई प्याट्रिक इभ्राले लडाएपछि पाएको पेनाल्टी गोलमा परिणत भएपछि खेल १–१ बराबरी भयो ।
खेलको अन्तिम समय अर्थात् ८९ औँ मिनेटमा पेयटले गोल गरेर फ्रान्सले रोमानियालाई २–१ ले पछि पा¥यो । रोमानियाले खेललाई बराबरीमा ल्याउन निकै मेहनत त ग¥यो तर ढिलो भइसकेको थियो । अन्ततः पहिलो खेलमा पराजय स्वीकार्दै रोमानिया मैदानबाट बाहिरियो ।
फ्रान्स २–१ गोल अन्तरका साथ युरोकपको पहिलो विजयी बन्न सफल भयो ।