युएस नेपाल न्युज, युएई, दुबई । करण बहादुर चन्द परदेशमा पटक पटक सम्मानीत र पुरस्कृत हुने नेपाली युवा। विगत लामो समयदेखि निरन्तर खेल क्षेत्रमा सहभागिता जनाईरहेका चन्दलाई युएईको The Tigers Martial Art Club ले सम्मान पत्र प्रदान गरेको छ । बैदेशीक रोजगारीमा रहेका उनी फुर्सदको समयको सदुपयो गर्दै देशको नाम राख्नमा तल्लीन छन ।
उनी एकपछी अर्को जित हात पार्दै देशको नाम राख्न सफल भैरहेका छन। उनी Dubai Police Academy, Arab Teakwondo Union Federation.. लगायत बाट पटक पटक सम्मान्वेत भएका छन । चन्द भन्छन: “परिश्रम र मेहेनत गर्दै जानू पर्छ, सफलताले पछ्याइ रहनेछ।”
“१० हजार घन्टा तालिम गरेपछी बल्ल १ खेलाडी खेल्नको लागि योग्य हुन्छ । सफलता र नतिजा भनेको केही समयमा नै आउने कुरा होइन । २२ बर्षमा दिन को २ घन्टा तालिम गरेनी बर्षको ६०० घन्टा हिसाब गरेनी १३ हजार २ सय घन्टा हुन आउछ। हामिले लामो समयको भिजन राखेर मेहेनत गर्ने हो भने ओलम्पिकमा पदक ल्याउन सकिन्छ जस्तो लाग्छ । मैले आफैले सम्भव नभए पनि म प्रयास गर्दैछु र सबैले आफ्नो आफ्नो ठाउँबाट प्रयास जारी राखौ अब निरन्तर खेलाडी लाई १० हजार घन्टा उत्कृष्ट तालिम दिएर हेरौ, परिणाम पक्कै आउनेछ” ।