२५ पौष। स्पेनिस प्रिमियर लिग अन्र्तगत हिजो राति भएको खेलमा भिल्लारियलले बिार्सिलोनालाई १–१ को बराबरिमा रोकेको छ। भिल्लारियलको घरेलु मौदानमा भएको खेलमा अधिकाशं समय बल बार्सिलोनाको कब्जामा रहेको भएपनि स्ट्राइकरहरु खासै चल्न नसक्दा खेल बराबरिमा रोकियो।
पहिलो हाफमा दुवै तर्फबाट कुनै गोल हुन सकेन। खेलको ५० औं मिनेटमा एलेक्स जेन्ड्रोको सहयोगमा निकोला सानसोनेले गोल गर्दै भिल्लारियललाई सरुवाति अग्रता दिलाए। हारको नजिकै पुगेको बार्सिलोनाका लागि लियोनल मेस्सीले खेलको अन्तिम मिनेटमा बराबरि गोल र्फकाएर हारबाट जोगाए।
ला लिगामा मेस्सीले १७ खेलबाट १३ गोल गर्दै यस सिजन सर्वाधिक गोलकर्ताको शिर्ष स्थानमा छन्। इन्जुरी समयमा कोस्टा जोर्डा दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरेपछि भिल्लारियल केहि समय १० खेलाडिमा सिमित भएको थियो। बराबरि खेलेको बार्सिलोनाले से भिल्लालाई पछि पार्दै दोस्रो स्थानमा उक्लने मौका गुमायो। तेस्रो स्थानको बार्सिलोनाको १७ खेलबाट ३५ तथा दोस्रो स्थानको से भिल्लाको समान खेलबाट ३६ अंक रहेको छ। एक खेल कम खेलेको रियल मड्रिड ४० अंकका साथ शिर्ष स्थानमा छ।