मिसाईल परिक्षणको अन्तिम तयारिमा उत्तर कोरिया।

अन्तर्राष्ट्रिय समाचार

२५ पौष। एकातर्फ अमेरिकामा ट्रम्प राष्ट्रपति पदको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहेका छन् भने अर्को तर्फ उत्तर कोरिया एक नयाँ ईन्टर कन्टिनेन्टल व्यालेष्टिक मिसाईल (आईसिबिएम) को परिक्षणको कुरा गरिरहेको छ। उत्तर कोरियाले कुनैपनि समय आईसिबिएमको परिक्षण गर्न सकिन्छ भनिरहेको छ भने वाशिंग्टनका अधिकारिहरुले हामी उक्त मिराईललाई ध्वस्त बनाएर खसाल्न सक्छौ भनिरहेका छन्।
अमेरिकाका अधिकारिहरुले भनिरहेका छन् कि यदि उत्तर कोरियाले यस्तो केहि प्रक्षेपण गर्यो भने त्यो अमेरिका र सहयोगिहरुका लागि खतरा बन्न सक्छ, त्यसैले यसलाई खसाल्दिने छौं। तर उत्तर कोरियाले उक्त आईसिबिएमको परिक्षण कहिले गर्छ स्पष्ट खुलाएको छैन। यसको आधारमा अमेरिका आफ्नो क्षेत्रको खतरा लागेका कुनैपनि मिसाईलको खसाल्न सक्छ।
प्योङयाङ र वाशिंगटनको एक अर्को प्रति व्यवहार देख्दा लाग्छ कि २० जनवरीमा राष्ट्रपतिको रुपमा ट्रम्पको राज्याभिषेक भन्दा पहिले दुबै देशहरु एक अर्कालाई जाँचिरहेका छन्। आईसिबिएमको सफल प्रक्षेपण उत्तर कोरियाको लागि एक ठूलो कदम हुनेछ तर उक्त कदम वाशिंगटन र उसका सहयोगिहरुका लागि गम्भिर चिन्ताको विषय बन्नेछ। किम जोन उनले आफ्नो देश आईसिबिएम निर्माणको अन्तिम चरणमा पुगिसकेको कुरा नयाँ वर्षको सुरुमानै आफ्नो सम्बोधनमा भनेका थिए।

Post Comment