मेस्सी र ग्रिजम्यान लाई पछि पार्दै रोनाल्डो ले जिते फिफा वर्ष खेलाडी अवार्ड।

खेल

२६पौष। क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी २०१६ अर्वाड जितेका छन्। विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गरेको बेष्ट फिफा अर्वाडमा पोर्चुगल तथा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन। गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी ओर अवार्ड जितेका रोनाल्डोले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोलन मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टीनी ग्रिजम्यानलाई पछि पार्दै फिफा वर्ष खेलाडी बनेका हुन। ज्युरिचमा भएको कार्यक्रममा रोनाल्डोले अवार्ड उचाले। गएको वर्ष पोर्चुगललाई युरोकप २०१६ तथा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउने रोनाल्डोले महत्वपूर्ण भुमिका खेलेका थिए।
फिफाले यो वर्ष राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडि चयन गरेको हो। रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाएको फिफाले जनाएको छ। दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२ प्रतिशत तथा तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए। यस्तै अमेरिकाकी कार्ली लोइड वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन्। गएको ६ सिजन विश्व फुटबलको प्रशासनिक निकाय फिफा र फ्रान्सेली फुटबल म्यागजिनको सहकार्यमा फिफा बालोन डी ओर प्रदान गरिँदै आएको थियो। तर गएको सेप्टेम्बरमा फिफाले म्यागजिनसँगको सहकार्य तोडेपछि फिफा र म्यागजिनले छुट्टाछुट्टै अवार्ड प्रदान गरेका हुन्। दुवै अवार्ड रोनाल्डोले जिते। अवार्ड जितेपछि रोनाल्डोले भने यो वर्ष मेरो अहिलेसम्मकै उत्कृष्ट रह्यो। पोर्चुगलका लागि जितेको ट्रफी निकै उत्कृष्ट रह्यो। म खुशी छु र च्याम्पियन्स लिगको ट्रफी पनि म बिर्सन सक्दिन। समुहगत तथा व्यक्तिगत रुपमा अवार्ड जित्न पाउँदा म निकै खुशी छु।

Post Comment