अनुचित उद्देश्य पूर्तिका लागि ल्याइएको संशोधन असफल बनाएरै छाड्छौ :-सचिव ज्ञवाली

राजनीति

म्याग्दी, ७ माघ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले मुलुकमा संविधान कार्यान्वयन हुन नदिन षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियु म्याग्दीको १९ औँ जिल्ला अधिबेशनको आज बेनीमा उद्घाटन गर्दै सचिव ज्ञवालीले नेपाललाई अस्थिरतातर्फ धकेल्न केही शक्तिहरु संविधान कार्यान्वयन हुन नदिन लागेको आरोप लगाउनुभयो ।
वर्तमान सरकारले समेत चुनाबलाई पन्छ्याउन संविधान संशोधन विधेयक ल्याएको आरोप लगाउँदै उहाँले अनुचित उद्देश्य पूर्तिका लागि ल्याइएको संविधान संशोधनलाई एमालेलगायतका प्रतिपक्ष दलहरुले असफल बनाएरै छाड्ने उद्घोष गर्नुभयो ।
उहाँले मुलुकमा संविधान कार्यान्वयनको लागि निर्वाचनको तयारीमा जुट्नुको विकल्प नभएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

Post Comment