काठमाडौं। इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी विजयी भएका छन्।
आइतबार राती भएको खेलमा म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ ले हरायो। खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन ग्याब्रिएल जिससले दुई गोल गरे।
ब्राजिलियन खेलाडी जिसस यही जनवरीमा म्यान्चेस्टर सिटी प्रवेश गरेका हुन्। राती नैं भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले लेष्टर सिटीलाई ३–० ले हरायो।
खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन हेन्रीक मख्तरीयान, ज्लातन ईब्राहिमोभिच र हुँवा माटाले एक एक गोल गरे।
रातीका खेलहरुपछि लिगमा २४ खेलबाट ५९ अंकसहित चेल्सी शीर्ष स्थानमा छ।५० अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने ४९ अंकको साथ म्यान्चेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ। एजेन्सीको सहयोगमा