एनआरएन अमेरिकाको अध्यक्ष पदमा कृष्ण पोख्रेलको उम्मेद्वारी- यस्ता छन प्रतिबद्धता

एनआरएन विशेष

न्यूयोर्क । एनआरएन अमेरिकाको निर्वाचन नजिकिए सँगै उम्मेद्वारी दिने र धोषणा पत्र जारी गर्ने क्रम सुरु भएको छ । एनआरएन अमेरिकाको अध्यक्ष पदमा कृष्ण पोख्रेलले उम्मेद्वारीको धोषणा गर्दै १० बुंदे प्रतिबद्धता जारी गरेका छन ।

यस्ता छन प्रतिबद्धता 

१) अमेरिकामा रहनु हुने सम्पूर्ण एनआरएन परिवारको सेवा–सुविधाको लागि +1-800-NRN-HELP टेलिफोनको सुविधा ९० दिन भित्र लागु गरिनेछ ।
२) स्थानिय राज्य च्याप्टरहरुलाई प्रभावकारी बनाउदै स्थानिय संघ संस्थासंग समन्वय गरी अगाडि बढ्ने ।
३) महिनाको एक डलर आपत्कालिन कोषको लागि बार्षिक १२ डलर संकलन गर्ने ।
४) हामी नेपालीसंग रहेको सीप, ज्ञान र प्रविधिलाई नेपालीकै हितमा प्रयोग गर्ने ।
५) नेपालीको आफ्नो पहिचानलाई निरन्तर रुपमा स्थापित गर्दै बिभिन्न राज्य र शहरहरुमा नेपाल डे घोषणा गर्ने तर्फ लाग्ने ।
६) एनआरएन परिचय पत्र वितरण एवं कार्ड मार्फत बिशेष सहुलियत दरलाई प्रभावकारी रुपमा ९० दिन भित्र कार्यन्वयन गर्ने ।
७) नेपालको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्नलाई प्रत्येक बर्ष परेड, झांकी तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना एवं प्रर्दशनी गर्ने ।
८) युवाको सहभागिता बढाउने वालवालिकाबीचमा कविता, निवन्ध, वादविवाद जस्ता प्रतियोगिताको आयोजना गरी उनीहरुको संलग्नता बढाउने ।
८) नेपाली भाषा संस्कृतिलाई प्रर्वद्धन एवं संरक्षण गर्दै हामी बसेको राज्य, शहर र स्थानमा नेपाली भाषालाई मान्यता दिलाउन पहल गर्ने ।

Post Comment