नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनको स्वास्थ्यमा सुधार भएको भन्दै चिकित्सकहरुले भेन्टिलेटरबाट बाहिर निकालेका हुन् ।
अस्पतालका अनुसार महामन्त्री कोइराला अहिले पूर्ण रुपमा होसमा आइसकेको र उनले कुराकानी पनि गर्न थालेका छन् ।
मंगलबार राती महाराजगञ्जस्थित निवासमै रहेको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले ओम अस्पताल लगेको थियो भने बुधबार बिहान अवस्था नाजुक बनेपछि भेन्टिलेटरमा सारिएको थियो ।