लिबियाका अपदस्थ शासक मुअम्मर गद्दाफीका अर्का छोरा सैफ अल इस्लाम गद्दाफीलाई लिबियाबाट रिहा गरिएको खबर सार्वजनिक भएको छ ।
लण्डन स्कूल अफ इकोनोमिक्सबाट पिएचडी गरेका ४४ वर्षका सैफ अल इस्लामलाई मुअम्मर गद्दाफीका उत्तराधिकारी मानिएको थियो ।
पछिल्लो ६ वर्षदेखि जिन्टान शहरमा कैदमा राखेपछि एक चरमपन्थी समूहले उनको रिहाइको घोषणा गरेको छ ।
सन् २०१५ मा उनलाई त्रिपोलीको एक अदालतले मृत्युदण्डको सजायँ तोकेकेका थियो तर यो चरमपन्थी समूहले उनलाई सुम्पिन अस्विकार गरेको थियो ।
यसअघि पनि उनी रिहा भएको खबर सार्वजनिक भइसकेको थियो । यद्यपी, त्रिपोली सरकारको तर्फबाट सैफ अल इस्लामको रिहाईको पुष्टि भएको छैन