आजबाट ३४ बर्षमा रेखा थापा

आजबाट ३४ बर्षमा रेखा थापा
कला - संगीत मनोरन्जन

चर्चित अभिनेत्री रेखा थापा आजबाट ३४ बर्षमा प्रवेश गरेकी छिन्। करिव १६ वर्ष अगाडी हिरो फिल्मबाट डेब्यु गरेकि रेखाले हाल सम्म करिब २ सय भन्दा बढी फिल्ममा अभिनय गरिसकेकिछन् ।

रेखाले करिब एक दशक देखि निरन्तर नम्बर वान नायिका रहंदै सफलता पाइरहेकि छन् । सन् १९९९ मा मिस नेपालको टप १० सम्म पुगेकी रेखा हाल आफ्नै व्यानरबाट फिल्म बनाउँदै आएकि छन् ।

रेखा थापा सामाजिक संजालमा सर्वाधिक फलोअर्स भएकि सेलिब्रेटी हुन्। उनको अफिसियल फेसवुक पेजमा करिव ३३ लाख फलोअर्स रहेका छन्। करिव १२ बर्षको बैवाहिक जीवनलाई अन्त्य गर्दै सिंगल लाईफ बिताईरहेकी रेखा नायक आर्यन सिग्देल संग फिल्म ‘रुद्रप्रिया’ मा संगै देखिदैछिन् ।

पछिल्ला दिनहरुमा रेखा राजनितिमा पनि त्यतिकै सक्रिय छिन् । राप्रपा विघटन संगै उनी पशुपति शमशेर जवराको पक्ष छिन्। उनको सम्बन्ध चिसिएका आर्यन सिग्देल , निखिल उप्रेति संग अहिले सुमधुर सम्बन्ध रहेको छ ।

Post Comment