काठमाडौँ, १८ साउन – कांग्रेसको बलियो समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देशको ३९ औं प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की भएको छ । प्रचण्डको पक्षमा ३६० मत रहेको बताइन्छ,। जवकी प्रधनमन्त्री निर्वाचित हुन २९८ मत काफी हुन्छ ।
संसदमा नेपाली काँग्रेसका २ सय ७ र माओवादी केन्द्रका ८१ सांसद छन् । फोरम लोकतान्त्रिकसँग १४ र राप्रपासँग १२ सांसद छन् । राप्रपा नेपाल बाहेकका अन्य साना दलले समर्थनको संकेत जनाएको छ भने मधेशी मोर्चामा आबद्ध दलले समेत प्रचण्डलाई मतदान गर्ने तयारी गरेका छन् । सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि हिजोदोखि बहुमतीय प्रक्रिया सुरु भएको हो । प्रधानमन्त्रीको निर्वाचन भोलि हुँदैछ । संसद
सचिवालयले उम्मेद्वारी दर्ताका लागि मंगलबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्मको लागि समय तोकेको छ भने सो समयमा उम्मेद्वारी दर्ता गराएकाहरुको अन्तिम नामावली अपरान्ह साढे ४ बजे प्रकाशित गरिनेछ । बुधबार बिहान ११ बजे बस्ने संसद् बैठकमा सबै उम्मेद्वारले उम्मेद्वारी सुचना प्रस्तुत गरेपछि प्रस्ताव र समर्थकले समर्थन गर्ने , सबै उम्मेद्वारको सूचनामाथि सामुहिक रुपमा छलफल हुने र सबै उम्मेद्वारीलाई एकैसाथ निर्णायार्थ प्रस्तुत गरिनेछ ।