एएफसी यू–१६ च्याम्पियनसिपको छनोट:नेपाल बाहिरियो,भारत समूहमा दोस्रो

एएफसी यू–१६ च्याम्पियनसिपको छनोट:नेपाल बाहिरियो,भारत समूहमा दोस्रो
खेल

समूह डीको अन्तिम खेलमा प्यालेस्टाइनसँग २–१ ले पराजित भएपछि नेपाल एएफसी यू–१६ च्याम्पियनसिपको छनोट चरणबाट बाहिरियो

आयोजक नेपाल एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । समूह डीको अन्तिम खेलमा प्यालेस्टाइनसँग २–१ ले पराजित भएपछि नेपाल छनोट चरणबाटै बाहिरिएको हो । हारसँगै नेपाल एक अंकसाथ पुछारमा रह्यो । यस समूहबाट साबिक विजेता इराक समूह विजेता हुँदै अको वर्ष मलेसियामा हुने एएफसी यू–१६ च्याम्पियनसिप फुटबल प्रतियोगितामा छनोट भएको छ ।

भारत समूहमा दोस्रो

प्रतियोगिताको दोस्रो खेलमा भारतले इराकसँग गोलरहित बराबरी खेल्दै दोस्रो स्थान रक्षा गरेको छ । भारतले तीन खेलबाट पाँच अंक बटुलेको छ । भारतको उत्कृष्ट उपविजेताका रूपमा अन्तिम चरणमा छनोट हुने सम्भावना जीवित छ । नेपालमाथि जित निकालेको प्यालेस्टाइन तीन अंकसाथ तेस्रो स्थानमा छ । छनोट खेलमा नेपालले इराकलाई १–० को नतिजा सुम्पिएको थियो । दोस्रो खेलमा नेपाल भारतसँग २–२ को बराबरीमा रोकिएको थियो । यता समूहबाट प्यालेस्टाइन पहिला दुई खेलमा पराजित भएको थियो ।

नेपालले अग्रता रक्षा गर्न सकेन

हलचोक मैदानमा नेपालले खेलको दशौँ मिनेटमा १–० को अग्रता लिएको थियो । वृजेश चौधरीले पेनाल्टी गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । डिबक्सभित्र प्यालेस्टाइनका डिफेन्डर मुआथ बाहाउसले नेपालका आकाश बुढामगरलाई लडाएपछि प्राप्त पेनाल्टीलाई चौधरीले गोलमा परिणत गरेका थिए । समूह चरणको दोस्रो खेलमा भारतसँग नेपालले २–२ को नतिजा निकाल्दा चौधरीले दुई गोल गरेका थिए । तेस्रो तथा अन्तिम खेलमा लिएको अग्रता रक्षा गर्न नसक्दा नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

पहिलो हाफमै बराबर

एक गोलले पछि परेको प्यालेस्टाइनले खेलको २८औँ मिनेटमै बराबरी गोल फर्काउन सफल भयो । नेपालले आफ्नो अग्रता केवल १८ मिनेट मात्र रक्षा ग¥यो । मोहमद रिदातले प्यालेस्टाइनलाई १–१ को बराबरीमा पु¥याएका थिए । उनले नेपालका गोलरक्षक विशाल सुनारलाई झुक्याउँदै बराबरी गोल गर्न सफल रहे । मध्यान्तरअघि नेपाल र प्यालेस्टाइनका खेलाडीले थप गोल गर्ने प्रयास गरेका थिए । दुवै टोलीका खेलाडीको प्रहार फ्रेममा लाग्न सकेनन् ।

प्यालेस्टाइनलाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा मोहमदले नै निर्णायक गोल गरेका थिए । खेलको ७५औँ मिनेटमा मोहमदले काउन्टर एट्याक्टमा गोल गर्दै प्यालेस्टाइनलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम १५ मिनेटमा नेपालका खेलाडीले गोल गर्न नसक्दा मोहमदकै गोल निर्णयक साबित भयो ।

छनोट चरणमा प्यालेस्टाइनसविरुद्ध खेल अहिलेसम्मकै नराम्रो हो । पहिला दुई खेलमा नेपालले राम्रो नतिजा निकालेको भन्नुपर्छ । तेस्रो खेलमा खेलाडीले अति नै नराम्रो खेल खेले । यस नतिजाबाट म निकै दुःखी छु । मेरा खेलाडीले अन्तिम खेलको भावना बुभ्mन सकेनन् । उनीहरूले खेल अगाडि नै सबै आशा गुमाए जस्तो लाग्छ ।

Post Comment