विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक हुदै

विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक हुदै
खेल
रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक गरिंदैछ ।
रुसको मस्कोमा आज साँझ हुने एक विशेष समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबलको समूह विभाजन र खेल तालिका सार्वजनिक गर्नेछ । यसका लागि विश्वकपमा छनौट भएका सबै ३२ राष्ट्रका फुटबल संघ र टोलीका प्रतिनिधि मस्को पुगिसकेका छन् ।
 
सहभागी ३२ राष्ट्रलाई फिफा वरियताको आधारमा ४ वटा पटमा राखिएको छ । शीर्ष वरियताप्राप्त राष्ट्रहरुको पटमा जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड, फ्रान्स र आयोजक रुस रहेका छन् ।
 
यसैगरी दोस्रो पटमा स्पेन, पेरु, स्विट्जरल्याण्ड, इ्रग्ल्याण्ड, कोलम्बिया, मेक्सिको, उरुग्वे र क्रोएसिया छन् ।
 
तेस्रो पटमा डेनमार्क, आईसल्याण्ड, कोष्टा रिका, स्विडेन, ट्युनिसिया, ई

Post Comment