बीबीसी मिडिया एक्सन (पहिले बीबीसी वर्ल्ड सर्भिस ट्रस्ट) को बहसमूलक साप्ताहिक कार्यक्रम ‘साझा सवाल’ बन्द भएको छ। १० वर्ष पहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग २०६४ मंसिर २ गते विराटनगरमा बहस गरेर सुरु भएको ‘साझा सवाल’ को अन्तिम कार्यक्रम पनि विराटनगरमै गएर सकिएको हो।
पहिलो कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई पहिलो प्रश्न गर्ने रेजिना निरौलासहित एमाले नेता लालबाबु पण्डित र कांग्रेस नेता मिनेन्द्र रिजाललाई अतिथिका रुपमा बोलाइएको थियो।
कार्यक्रमले ‘एक फन्को पूरा गरेको’ भन्दै साझा सवालले ट्विट गरेको छ।
प्रश्न बोकेका नागरिक समक्ष जवाफदेहि अधिकारी उपस्थित गराउने साझा सवाल कार्यक्रमले अहिलेलाई विश्राम लिएको छ। यो श्रृङ्खलाको अन्तिम कार्यक्रम विराटनगरबाट। असी सहभागीका साथ लालबाबु पण्डित,मिनेन्द्र रिजाल र पहिलो साझा सवालमा पहिलो प्रश्न सोध्ने रेजिना निरौला https://t.co/qHBgP3djDs
— Sajha Sawal (@BBCSajhaSawal) January 28, 2018