लोक गायनमा निरन्तर लागिरहेका एक युवा ‘सन्तोष राज गिरी’

लोक गायनमा निरन्तर लागिरहेका एक युवा ‘सन्तोष राज गिरी’
कला - संगीत

युएस नेपाल न्युज, काभ्रे । काभ्रेपलान्चोक भुम्लु गाउपालिका सापिङ्गमा जन्मिएका गायक तथा सर्जक सन्तोष राज गिरी पछिल्लो समयमा धेरै ब्यस्त देखिन्छन । उनले लोक दोहोरी सँगितको क्षेत्रमा एक दर्जन घन्दा बढि एल्बममा काम गरीसकेको बताएका छन। पछिल्लो समयमा उपेन्द्र गिरीको नरोउ है ए साथि गितमा उनले शब्द र अावाज भरेका छन भने स्वरमा साथ दिएकि छिन गायिका ईन्दिरा गिरीले । उक्त गितमा दिनेश श्रेष्ठको लय रहको छ। हुन त उनी सानै उमेर देखि गित सँगितलाई माया गर्ने गर्दथे । २०६७ साल देखि उनी सँगित क्षेत्रमा लागि राखेका छन ।

गायक गिरीले अब केही समय पछाडि बजारमा ल्याउन लागेको एल्बम को नाम जुराएका छन “पर्छ अाँशु मैले झै बगाउन” जस्मा अावाज गोबिन्द बानिया र मन्जु बस्नेतले दिएका छन भने उपेन्द्र गिरीको प्रस्तुति रहेको छ । जुन गितमा गायक तथा सर्जक सन्तोष राज गिरीले नै लय तथा शब्द सृजना गरेका छन । उनी एकपछि अर्को गित लियर बजार अाहिरहेका छन। अन्त्यमा उनले गित सँगित सुनेर प्रतिक्रिया दिनको लागि दर्शक श्रोतालाई अनुरोध पनि गरेका छन ।

Post Comment